जनता समाजवादी पार्टी , नेपाल वागमती प्रदेश समितिका मित्रहरूलाई हार्दिक धन्यबाद सहित शुभकामना

भदाै १० गते भाेटेकाेशीमा आएको वाढी पिडित विपद् राहत काेषमा जम्मा गर्न जसपा नेपाल,
बागमती प्रदेश अध्यक्ष दावा छिरिङ शेर्पाले पार्टीका केन्द्रीय महासचिव डा.सुरेन्द्र कुमार झाकाे उपस्थितिमा केन्द्रीय सचिव एंव राहत काेषका संयाेजक श्री शैलेन्द्र प्रसाद साहलाई रू २१,१११/- काे चेक हस्तान्तरण गर्नु भयाे, याे राहत कार्यमा सहयोगकालागि धन्यवाद।
यस्तो दुःखद र कठिन समयमा हामी सबैको सानो सहयोगले पनि बाढीपीडित परिवारका लागि ठूलो अर्थ राख्न सक्छ। विपद् कसैलाई भनेर आउँदैन। आज अरूलाई परेको दुःख भोलि हामीमध्ये जो–कोहीको जीवनमा आउन सक्छ। त्यसैले पीडित परिवारको दुःखलाई आफ्नो दुःख सम्झेर मानवीय भावनाका साथ सहयोगका लागि अघि बढ्नु हाम्रो सामूहिक जिम्मेवारी हो।
Dr. Surendra K. Jha
केन्द्रीय समन्वय समिति सदस्य
जनता समाजवादी पार्टी, नेपाल



