नागरिकमा अशा जगाउने कार्य आवश्यक छ ? मानवीय क्षतिको कुनै हिसाबमा पूर्ति गर्न सकिँदैन !

नागरिकमा अशा जगाउने कार्य आवश्यक छ ? मानवीय क्षतिको कुनै हिसाबमा पूर्ति गर्न सकिँदैन !

मधेशमा एउटा भनाई छ, "कनहि बिलाई मारे तिर्पित" मधेशमा सुनियोजित रुपमा दङ्गा गराई ३ जना युवाको हत्या गराई १ दर्जन युवा गम्भिर घाईते भएका छन् । नागरिकको करोडौंको सम्पति क्षति भएको छ । पसल , शपिंग मल र घरमा आगो लगाइएको छ । समुदायहरु बिच रहेको वर्षौं पुरानो आत्मीय सम्बन्धमा फाटो आएको छ। दुर्भाग्य नै भन्नु पर्छ लाशको प्रहसन सरकारको मन्त्रीहरूले गरिरहेका छ्न, लाग्छ दशैंमा मन्त्रीहरू मधेश झरेको जस्तै सेल्फी र फोटो सेसन मा व्यस्त छन् पार्टीको गजेडीहरु, अन्ततः १० लाखको क्षतिपूर्ति सरकारले घाेषणा गर्दा वा गराइदिए भन्दै युद्ध जितेको जस्तो उन्मादमा केही युवा लागेका छन्। काठमडौँबाट मधेश नझरेको महिनौं भई सकेको र जमानत जफत भएका केही पारिवारिक पार्टीका पुराना ब्वासाहरुले बालेन्द्र शाहसँग दर्शन भेट पाएर मखलेल हुँदै मिडियामा गफिदै हिँडेका छन् जसको यो संकटको घडीमा माखो समेत मार्ने हैसियत छैन न त यिनले ग्राउन्ड जिरोमा केही गर्ने हुती राख्छन् । अझ भनौं वर्षौंको राजनीतिक अपराध गर्ने र समाजलाई जातभातमा बाड्ने , समुदायमा बाड्ने अपराधीहरू यिनै हुन् ।

रवि लामिछाने जीको सकरात्मक राजनीतिक सम्वादको प्रयास राम्रो हो तर उनी र उनकै सरकरको कामकाज चलाउने बीच प्रतिस्प्रधा प्रष्टै देखिन्छ ।

तसर्थ अहिले देशमा या तर नैराश्यता छ या त नागरिक सशंकित छन् के हुने हो भनेर या त मुर्दा शान्तिको अवस्था छ । समाजमा रहेको समस्याहरूको समाधान समस्याको जरा सम्म पुगेर मात्रै हुने हो । शैन्यवल र सुरक्षा निकायले शान्ति ल्याउने होइन ।।

नागरिकमा अशा जगाउने कार्य आवश्यक छ । मानवीय क्षतिको कुनै हिसाबमा पूर्ति गर्न सकिँदैन । टाउको र छातीमा गोली ठोक्नेलाई कार्यवाही हुन् आवश्यक छ । नागरिकले समेत आफ्नो नानी बाबुलाई यस्तो गतिविधिमा लाग्न निरुत्साहित गर्नु पर्छ ।।

जय मधेश

जय नेपाल

Dr. Surendra K. Jha

केन्द्रीय समन्वय समिति सदस्य

जनता समाजवादी पार्टी, नेपाल

पहिलो

सिरहाका ९ भक्तको खाली खुट्टा ८ दिन हिँडेर कमला नदी देखि पशुपतिमा जल चढाए

अर्को

"जमाना Gen Z को हो नि त, Gen Z जस्तो देखिएन त?"

पछिल्लो अपडेट: साउन २५, २०८३