सिरहाका ९ भक्तको खाली खुट्टा ८ दिन हिँडेर कमला नदी देखि पशुपतिमा जल चढाए

हर हर महादेव! जय पशुपतिनाथ! जय सिराहा, जय नेपाल!
सनातन संस्कृति, भक्ति भाव र राष्ट्रप्रेमले ओतप्रोत यो पावन उद्घोषले हाम्रो मन र मस्तिष्कमा एउटा नयाँ ऊर्जा अनि उमङ्ग सञ्चार गर्दछ। देवका पनि महादेव भगवान् श्री पशुपतिनाथको असीम कृपा र आशीर्वाद सम्पूर्ण नेपाली जनतामाथि सधैँभरि रहिरहोस्।
तराईको उर्वर भूमि, श्रमजीवी हातहरू र जीवन्त संस्कृतिको प्रतीक सिराहा जिल्लाको आफ्नै ऐतिहासिक र सांस्कृतिक पहिचान छ। पूर्वदेखि पश्चिम, हिमालदेखि तराई-मधेससम्म फैलिएको हाम्रो साझा घर नेपालको जयजयकार गर्नु हरेक नेपालीको स्वाभिमान र कर्तव्य हो।
हामी जहाँ भए पनि, जुन कुनामा रहे पनि हाम्रो पहिचान र पहिलो परिचय नेपाल र नेपाली नै हो। आपसमा सद्भाव, भाइचारा, एकता र समृद्धिको कामना गर्दै सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र दीर्घायुको हार्दिक शुभकामना!
सत्य, धर्म र न्यायको जित होस्। सबैको कल्याण होस्, सबको जय होस्!
जय सम्भो! जय पशुपतिनाथ! जय सिराहा! जय नेपाल!
Dr. Surendra K. Jha
केन्द्रीय समन्वय समिति सदस्य
जनता समाजवादी पार्टी, नेपाल



